जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम

जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम


मानव जातिले अत्यधिक फोहर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चय नै फोहर पन्छाउने अनगिन्ति विधि छन्, फोहरको प्रकृतिअनुसार पुनः नवीकरण, पुनः प्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।

फोहर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहरलाई डस्टबिनमा फाल्ने जस्तो आधारभूत कुरामा पर्याप्त ध्यान दिँदैनौँ । सार्वजनिक स्वास्थ्य बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।

डस्टबिनमा फोहर जाओस् भनेर सुनिश्चितता गर्न विश्वभरका शहरहरुले विभिन्न तरिकाहरु अपनाएका छन् । तर, आफ्नो क्षेत्राधिकारभित्र उत्पन्न सम्पूर्ण फोहरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि शहरले दाबी गर्न सक्दैनन् ।

जथाभावी फालिएका फोहर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुप्र्याउन स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।

कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।

‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहर उठाउने कार्यमा काग उनीहरुको इच्छाबमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाइटमा भनेको छ ।