आजको पञ्चाङ्ग एवम् राशिफल (९ फाल्गुण २०७८ सोमबार, २१ फरवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ फाल्गुण २०७८ सोमबार, २१ फरवरी २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण ९ गते सोमबार तद्अनुसार सन् २०२२ फरवरी २१ तारिख फाल्गुन शुक्लपक्ष पञ्चमी तिथि चित्रा नक्षत्र गण्ड योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३८मा भयो र सूर्यास्त सांझ १७ः५८ मा हुनेछ ।

आजको राशिफल

मेष – दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अस्वस्थताले काममा बाधा पुऱ्याउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । नयाँ सम्भावना देखापर्ने छ । वर्चश्व वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा रुचि रहनेछ ।

वृष – सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । वादविवादको सामना गर्नुपर्नेछ । पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आशा उत्साह बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । मुद्दा(मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट – अरुको भर नपर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कठोर परिश्रमले समस्याको समाधान प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रशन्नता मिल्ने दिन छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।

सिंह – सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आय वृद्धि हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। तर नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – खर्च र व्यस्तता बढ्नेछ । लगानी पनि बढ्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । अरुको भर नपर्नु हितकर हुनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

तुला – आयस्रोत बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरेका कामबाट फाइदा पुग्नेछ। सहयोगीहरूले पनि काममा विशेष साथ दिनेछन्। नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर(परिवारबाट सुख शान्ति पाहिने छ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। आफ्नै कमजोरीले विवादमा परिनेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हीतकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।