आठ पटकको सहिद स्मारक ‘ए’डिभिजन लिग बिजेता कीर्तिमानी मनाङ मर्स्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।
आइतबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो । खेलको २६औं मिनेटमा मेसुकेले गोल गरे ।

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्ष पछि नै लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।
जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया