बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ

बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ


बेलायतकी महारानी एलिजाबेथ द्वित्तियलाई कोभिड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङ्घाम दरबारले जनाएको छ । ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।

उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।