रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्बिरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ ।
नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बिर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि रूसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ ।
युक्रेनसँगको सिमानामा रहेको रुसी ब्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाइट तस्बिरले देखाएको सो कम्पनीले जनाएको छ ।
आइतबार सोलोटी क्षेत्रका धेरै लडाइँ एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाइट तस्बिरहरूले देखाएको थियो ।
सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएको पनि कम्पनीले जनाएको छ ।
ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज ब्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसले बढ्दो तत्परताको अवस्था संकेत गरेको वुडको भनाइ छ ।
प्रतिक्रिया