बुर्किना फाँसको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु

बुर्किना फाँसको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु


बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको बिस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । बिस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् ।

घटनास्थलहरुमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटन स्थल वरपर रुखहरु ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।

बिस्फोटमा घाइते भएका दर्जनौँलाई नजिकको अस्पतालमा लगिएको छ ।