किशोरीमाथि यौन दुर्व्यवहार मामलामा पलविरुद्ध किटानी जाहेरी

किशोरीमाथि यौन दुर्व्यवहार मामलामा पलविरुद्ध किटानी जाहेरी


१० देखि १२ वर्ष कैद सजाय हुन सक्ने

जबर्जस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किशोरी उमेरकी गायिकाले किटानी जाहेरी गर्दा गराएकी छन् । पीडित किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको पीडित किशोरीले उजुरीमा उल्लेख गरेकी छन् । शाहले आफूमाथि फकाएर करणी गरेको १७ वर्षीया किशोरीले दाबी गर्दै आएकी छन् ।

ज्ञमतव्य छ, मुलुकी अपराध संहिता २०७४ अनुसार सहमतिमै सम्बन्ध राखेको भए पनि अठार वर्षभन्दा कम उमेरको बिहोरीलाई करणी गरेमा निजले त्यस्तो महिलालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ ।