- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं.११४२ शिशिर ऋतु वि.सं.२०७८ फाल्गुण १२ गते बिहीबार तद्अनुसार सन् २०२२ फरवरी २४ तारिख फाल्गुन कृष्णपक्ष अष्टमी तिथि अनुराधा नक्षत्र हर्षण योग तैतिल करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त साँझ १८ः०० मा हुनेछ । गोरखकाली पूजा ।
आजको राशिफल
मेष – खर्च बढ्नेछ । लगानी वृद्धि हुनेछ । कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । सोचविचार पुर्याएर काम गर्नुहोला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धन खर्च हुनेछ । विलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । अरुको भर पर्नु उचित नहोला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन पनि सक्छ ।
वृष – भाग्योन्नतिको समय छ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्नेछ । आरोग्यता बढ्ला । अन्नधन र आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त होला । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु हासिल होला । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने भए पनि काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।
कर्कट – इष्टमित्रको सहयोग प्राप्त हुनेछ । प्रेममा पनि सफलता प्राप्त हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ तर विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ ।
सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । शुभ र भाग्यबर्द्धक काममा केन्द्रित रहनु हितकर होला । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ र गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान निस्कनेछ । विलासको अवसर जुर्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।
कन्या – आयस्रोत र आरोग्यता बढ्ला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । विलासमा आकर्षण बढ्ला ।
तुला – कार्ममा सफलता मिल्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । समस्याको समाधान गर्नु हुनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । वित्तादि लाभ हुने देखिन्छ । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्व पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।
धनु – लगानी र खर्च बढे पनि खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला ।
मकर – कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । भोगविलासको अवसर प्राप्त होला । आर्थिक कार्य बन्नेछ ।
कुम्भ – घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले भने सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।
मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, विचार राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । शुभ काम बन्नेछ ।सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त होला ।
प्रतिक्रिया