रुसद्वारा युक्रेनमाथि वृहत हमला हुने संकेत, यी क्षेत्रलाई बनाइँदै छ निशाना

रुसद्वारा युक्रेनमाथि वृहत हमला हुने संकेत, यी क्षेत्रलाई बनाइँदै छ निशाना


युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन् । युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको जनाएका छन् । ती अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिविधि बढ्दो छ ।

रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ । रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

केही मिसाइलहरुले युक्रेनी सेनाको मिसाइल कमान्ड सेन्टर र किभस्थित हेडक्वार्टरमा हमला गरेको त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका विवरणहरु पनि आएका छन् । तथापि, यसको कुनै पक्षले पुष्टि गरेका छैन ।

युक्रेनी शहरमा हमला भएको विवरणलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । युक्रेनका सैन्य पूर्वाधार, हवाइ रक्षा र ‘मूल्यवान हतियार’युक्त हवाइफौजलाई निशाना बनाएको मस्कोले जनाएको छ ।