आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फाल्गुण २०७८ शुक्रबार, २५ फरवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फाल्गुण २०७८ शुक्रबार, २५ फरवरी २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण १३ गते शुक्रबार तद्अनुसार सन् २०२२ फरवरी २५ तारिख फाल्गुन कृष्णपक्ष नवमी तिथि ११ः१८ पर दशमी तिथि ज्येष्ठा नक्षत्र १०ः४७ पर मूल नक्षत्र बज्र योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा १०ः४६ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १८ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – प्रतिस्पर्धीहरू पछि पर्ने छन, भाग्योदयको समय रहेको छ । नसोचेको ठाउबाट केहि लाभ होला । प्रशंसकहरू पनि बढ्नेछन् । पारिवारिक सुख मिल्ने छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ संकेत देखापर्ला । पारिवारिक सुख बढ्नेछ ।

वृष – व्यस्तता बढ्नेछ । मान महत्व बढ्ला, आर्थिक लाभ पनि होला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । कतैबाट आर्थिक लाभ हुने समय छ । केहि अधुरो काम सम्पन्न हुने दिन छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला, अरुको कम मात्र भर पर्नुहोला । विवादमा परिने योग छ, सावधान रहनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । उच्चाधिकारीको भने सहयोग समर्थन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् ।

कर्कट – खर्च बढ्नेछ । भागदौड बढ्नेछ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्ने छ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ । परिस्थिति सँग केही सम्झौता गर्नुपर्ने छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । मनोरञ्जनपूर्ण दिन रहनेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । अरुले तपार्इंको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । तर स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । मन नपरे पनि बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउने छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नुहोला ।

मकर – शत्रुलाई जित्ने क्षमता बढ्नेछ । विलासमा रुचि बढ्ला । भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा बृद्धि होला । तर व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

मीन – ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ ।