■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण १४ गते शनिबार तद्अनुसार सन् २०२२ फरवरी २६ तारिख फाल्गुन कृष्णपक्ष दशमी तिथि ८ः५४ पर एकादशी तिथि मूल नक्षत्र ९ः७ पर पूर्वाषाढ़ा नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मा भयो र सूर्यास्त साँझ १८ः०१ मा हुनेछ ।
आजको राशिफल
मेष – बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउँने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउँनेछ । आत्मविश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । ऐश्वर्यवर्द्धक काममा भने सफलता प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
वृष – व्यस्तता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभावका साथै मान बढ्नेछ । आम्दानी बढ्नेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ, अधुरा काम बनी मन हर्षित हुने दिन छ । जाँगर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुप्रति ध्यान दिनुपर्नेछ ।
मिथुन – मनोकूलको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । डुबेको रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने योग छ । कामहरु सजिलैसँग बन्नेछन् । कामवासनाको इच्छाशक्ति बढ्नेछ । आफन्तमिलन होला । सन्तानसुख मिल्नेछ । मान बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ ।
कर्कट – ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । तर, छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झैझगडा पनि होला । बादविवादबाट बच्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।
सिंह – मान महत्व बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । आज काममा जाँगर चल्ने छैन । व्यापारमा सफलताले मन रमाउने छ । धन कमाउने अवसर मिल्नेछ, जागिरमा पनि ठिकै छ । विशेष सभा(समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।
कन्या – समय शुभ फलदायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपार्इंप्रति रहनेछ । काममा पनि उत्साहजनक समय छ । सुख आनन्दमा रुचि बढ्नेछ । धनको आगमन भै रहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । सामाजिक कार्यमा मन जाने छ । धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउदा केही पीडा होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । स्वास्थ्यप्रति सचेतना अपनाउनुपर्नेछ । परिश्रमले लक्ष पूरा गर्न सकिनेछ । केही अप्ठ्याराको सामना गर्नु पर्ने छ र स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा खर्च हुन सक्छ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ अवसर मिल्नेछ । आय वृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । भोगविलासमा रुचि बढ्ला । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ
मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ भने । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – आरोग्यता बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । यात्राको लागि राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – समय त्यति राम्रो छैन, गलत विचार बढ्नेछ, ब्यवसायमा घाटा ब्यहोर्नुपर्ला सावधान रहनुहोला । रोगले सताउला, सोच्दै नसोचेको ठाउमा रुपैयाँपैसाको खर्च होला । सोचेअनुसार काम बन्न कठिन छ । विलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । आमोदप्रमोदमा रम्नुहुनेछ । यात्रामा सफलता भेटला । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया