पल शाह आज प्रहरीसामु उपस्थित हुँदै

पल शाह आज प्रहरीसामु उपस्थित हुँदै


नाबालिग गायिकामाथि यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु उपस्थित हुने बताएका हुन् ।

आफू बिरामी रहेको र घरव्यवहार मिलाउँदा अनि शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमायाचना गरेका पलले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका हुन् ।

आइतबार आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्यस्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरिसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’