युक्रेन संकट : तीन दिनमै करिब २ लाखले स्वदेश छाडे

युक्रेन संकट : तीन दिनमै करिब २ लाखले स्वदेश छाडे


युक्रेनमाथि रूसले आक्रमण गरेपछि स्वदेश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ ।

स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो ।

४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकि डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् ।

युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ ।