- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण १७ गते मंगलबार तद्अनुसार सन् २०२२ मार्च १ तारिख फाल्गुन कृष्णपक्ष चतुर्दशी तिथि धनिष्ठा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा उत्पात योग चन्द्रमा मकर राशिमा १६ः१४ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ । महाशिवरात्रि व्रत ।
आजको राशिफल
मेष – बोली र व्यक्तित्वको प्रभाव बढे पनि त्यति सफल दिन नरहला । धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सामान्य रोगले पनि सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । मिठो भोजन मिल्नेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक सुख बढ्नेछ ।
वृष – रसराग र व्यस्तता बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले भने सुख दिलाउला । खर्च बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य पनि बढ्नेछ । यात्रा होला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – समय शुभ फलदायक छ । धनसम्पत्तिको आगमन भैरहने छ । आरोग्यता पनि बढ्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछन् ।
कर्कट – ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गरे प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।
सिंह – ग्रहगोचर उन्नतिकारक रहे पनि निश्चय भएको काम अचानक बिग्रन सक्छ । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । साथीभाइबाट धोका हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
तुला – रसराग बढ्नेछ । यात्रा होला । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । जोखिममा नपर्नु उचित होला ।
धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । खानामा सावधान रहनुहोला । पिडा दिनेहरु सक्रिय रहन सक्छन, सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु उचित रहनेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । शत्रु परास्त होलान् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । मित्रमिलन हुनेछ ।
मीन – वार्तामा सफलता पाउनुहुनेछ । धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला ।अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । धन सम्पत्ति तथा सुखशान्ति बढ्नेछ ।
प्रतिक्रिया