युक्रेनको राजधानीलक्षित हमला गर्न लागेको रुसको चेतावनी

युक्रेनको राजधानीलक्षित हमला गर्न लागेको रुसको चेतावनी


रुसले युक्रेनको राजधानीलक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो ।

मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशननजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान रुसले आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।

यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।