- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण १९ गते तद्अनुसार सन् २०२२ मार्च ३ तारीख बिहीबार फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र साध्य योग किंस्तुघ्न करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १८ः०५ बजे हुनेछ । ग्याल्पो लोसार ।
आजको राशिफल
मेष – प्रेमभाव वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
वृष – कर्मबल बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । समृद्धि बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक रआर्थिक कार्यमा सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । शुभता वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – सौभाग्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । उन्नति पदोन्नति हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । रोकिएको धन प्राप्त हुनेछ ।
कर्कट – ऋण रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । लापर्बाही नगर्नु हितकर हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ, तर कठोर परिश्रमले । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनुहोला ।
सिंह – आयस्रोत बढ्नेछ । सुख सम्पदा बढ्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – वार्तामा ध्यान राख्नुपर्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। स्वास्थ्यमा भने ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नुहोला ।
तुला – शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त भए पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।
वृश्चिक – सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्। वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नु हुनेछ स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । तर शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
प्रतिक्रिया