अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु



अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।

सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु भन्दै खानले विज्ञप्तिमा उल्लेख गरेअनुसार प्रमाण सङ्कलनको काम अब शुरु भएको छ । आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ, अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।

गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ ।

यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।