पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति


नाबालिग गायिकामाथि जबर्जस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालतले अनुमति दिएको हो ।

यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरीमा स्वेच्छिक गिरफ्तारी दिएका थिए ।