आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फाल्गुण २०७८ सोमबार, ७ मार्च २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फाल्गुण २०७८ सोमबार, ७ मार्च २०२१)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८फाल्गुण २३ गते तद् अनुसार सन् २०२२ मार्च ७ तारिख सोमबार फाल्गुण शुक्लपक्ष पञ्चमी तिथि भरणी नक्षत्र ऐन्द्र योग गर बब करण आनन्दादिमा चर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा र सूर्यास्त साँझ १८ः०७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन धैर्यले काम लिनुपर्ला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । खर्च बढ्नुका साथै केही चुनौतीहरू देखिने छन् । यसका बाबजुद आरोग्यता बढ्नेछ । पारिवारिक सुख बढ्नेछ । रसरागमा रुचि रहला । मिठो भोजन मिल्नेछ । साहसिक कार्यमा रुचि बढ्ला ।

वृष – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

मिथुन – आयमूलक काममा सफलता प्राप्त हुनेछ । सुखशान्ति बढ्नेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले विशेष ध्यान राख्नुहोला । भागदौड बढ्नेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ ।

कर्कट – कर्म बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीयता बढ्नेछ । हाकिमको साथ प्राप्त हुनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – दिन सामान्य रहला । गरी आएका काम र व्यापार/व्यवसायमा राम्रै फाइदा हुनेछ । भाग्य वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । यात्रा होला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । काम बन्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछ ।

कन्या – सफलता बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । व्यस्तता बढ्नेछ । यात्रा होला । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ ।

तुला – धनको आगमन भैरहनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – बल बढ्ला । लगानी उठ्नेछ । तर केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

धनु – धर्म पथमा सफलता मिल्नेछ । गुप्त कार्यमा गोप्यताप्रति विशेष ख्याल नराखे क्षति ब्यहोर्नुपला स् । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहे पनि खर्च र लगानी बढ्ला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । धोखा हुने या ठगिने सम्भावनाप्रति खाइल राख्नुहोला । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आम्दानीको स्रोत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लगानी उठ्नेछ । हांसविलासमा आकर्षण बढ्ला ।