हामी निरीह जनता-बैगुनी नेपाल

हामी निरीह जनता-बैगुनी नेपाल


तिमीहरूका गफ,
मोलतोल, भागवण्डा,
र, तँछाडमछाडको रमाइलो
देखेर, सुनेर
थकित भयौँ हामी ।
कहिले सत्ता र प्रतिपक्षको झगडा
कहिले दल र नेताको द्वन्द्व,
कहिले विद्रोह र फुटका कुरा,
देखेर, सुनेर
आजित भयौँ हामी ।
नयाँ नेपालको नारा,
पुरानो नेपालको शैली,
स्वार्थको, कहिल्यै नभरिने भाँडो बोकेका
र, आफन्त र नातागोतालाई अवसर जुटाइदिनै व्यस्त
तथाकथित जनवादी/प्रजातन्त्रवादी नेताका
आदर्श र व्यवहारबीचको अन्तर देखेर
चकित भयौँ हामी ।
यसैले,
कृपया अब अरू भाषण नसुनाऊ
अब अरू झगडामा नअल्मल्याऊ,
हामी त
परिश्रमको मीठो फल खान चाहने
मान्छे-मान्छेबीचको सुमधुर सम्बन्धका आकाङ्क्षी
‘निरीह’ जनता हौँ
जो, तिमीहरूकै आश्वासनमा भर पर्दै
त्रि्रै लागि ताली बजाउँदा बजाउँदै
थकित भएका छौँ ।
तिमीहरूलाई देखेर
साँच्चै चकित भएका छौँ ।
– पोखराथोक, पाल्पा ।
[email protected]

बन्ने छ मीठो कथा- वामदेव पण्डित वर्ष ९६
हाम्रो मित्र प्रसिद्ध भारत तथा नेपालीको बीचमा ।
सम्झौता हुन गो बिप्पा विषयमा के-के छ त्यो भित्रमा ।।१।।
गर्ला के त्यसले खराब हित के भन्ने र जान्ने कुरो ।
व्यापारी अति उच्च अर्थविद्ले भेट्ला न भित्री चुरो ।।२।।
नेता र अरू शुद्ध सज्जन कठै मान्छेहरू लहै ।
थाहा पाउनु भो कठोर यसमा छ जिल्ल नेपाल है ।।३।।
उद्योगी र प्रसिद्ध अर्थविद्ले भन्ने कुरामा भर ।
पर्ने पर्दछ बाध्य भई र सबले गम्भीर सोच्ने गर ।।४।।
पुग्दा अलमल हुन्छ काग कुहिरो बाक्लो भएकोतिर ।
त्यस्तो अलमल बन्न हुन्न र हिडौँ बाटो लिई खम्बिर ।।५।।
के हो खम्बिर बन्नु अर्थ यसमा ती अर्थशास्त्र तथा ।
उद्योगी जति धेरको मत लिऊँ बन्ने छ मीठो कथा ।।६।।
रोगी भीषण रोगले ग्रसित भो उद्धार गर्नेतिर ।
बस्ने डाक्टर वर्ग ती विविध नै चर्चा हुँदा आखिर ।।९।।
धेरै डाक्टरको विचार बलियो ठानिन्छ धेरै सही ।
रोग ग्रस्त छ देश यो र अहिले चिन्ता छ ठूलो यही ।।८।।
सम्झौँ त्यो जुन हो दीपा र यसमा त्यो ठीक या होइन है ।
सारा ती नरलोकको यस दिशा जान्ने बुता छैन है ।।९।।
उद्योगी र समग्र अर्थविद्मा निष्कर्ष राम्रो मत ।
धेरैको मत हुन्छ ठीक सही त्यो हो र्सत यो सम्मत ।।१०।।
धेरै छ अरूको देशको ऋण यहाँ उद्योगधन्दा नभई ।
दौडे धेर युवा र प्रौढ अरूको संसारमा खिन्न भई ।।
एउटा ठोस उपाय झिक्न नसके यी देशवासी हेर ।
भोगी कष्ट घिटिघिटी बनी कठै शरीर मर्ला भरे ।