उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने



उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । कोरियाको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले यसबारे समाचार सम्प्रेषण गरेको सिन्ह्वाले जनाएको छ ।

नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा)को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन् । फेब्रुअरी २७ र मार्च ५ गते दुई वटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका बताइएको छ ।

भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै किमले सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक समय जानकारी प्रदान गर्नु रहेको खुलासा गरेका छन् ।

पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१–२०२५) को अवधिमा धेरै सैन्य उपग्रहहरूलाई सूर्य–सिंक्रोनस ध्रुवीय कक्षमा विविध रूपमा राख्ने राष्ट्रिय एयरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ ।