जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् । भरतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका चार खेलाडी त्यसतर्फ जान लागेका हुन् ।
२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दीपेन्द्र बोहोरा काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ ।
जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले जानकारी दिए ।
एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाँदै छन् । सहसचिव सुनारका अनुसार बन्धना बुढा सिनियर र अन्य तीन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् ।
उनले भने, ‘खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा बिदाइ कार्यक्रम समेत गरिएको छ ।’
बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले संयुक्त दोसल्ला र अविरले बिदाइ गरेका छन् ।
महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडीहरु जन्माउनुका साथै खेलाडीहरुले नेपालको शिर उचो हुनेगरि प्रदर्शन गर्न शुभकामना दिए ।
प्रतिक्रिया