आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत २०७८ मंगलबार, १५ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत २०७८ मंगलबार, १५ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र १ गते मंगलबार तद्अनुसार सन् २०२२ मार्च १५ तारिख फाल्गुन शुक्लपक्ष द्वादशी तिथि १२ः१५ पर त्रयोदशी तिथिअश्लेषा नक्षत्र सुकर्म योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो र सूर्यास्त साँझ १८ः१२ मा हुनेछ । चैत्र संक्रान्ति, प्रदोष व्रत, गोविन्द द्वादशी ।

आजको राशिफल

मेष – आज विभिन्न अवसर मिले पनि नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ । खर्च बढ्ने या लगानी वृद्धि हुनेछ । कठोर मिहीनेतले मात्र काममा सफलता मिल्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ । विलासमा आकर्षण बढ्ला । भागदौड बढनेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । धनको आवागमन भैरहने छ । अरुको भर पर्नु उचित नहोला । पारिवारिक भेटघाटको समय छ ।

वृष – मनोकूलको काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। आनन्द र आरोग्यता बढ्ला । आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन – आजको दिन कुनै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्ने योग छ भने नयाँ ज्ञान सिक्ने मौका छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । रोकिएको काम बन्ला ।

कर्कट – गर्दै आएको कामलाई निरन्तरता दिए पनि नयाँ कामको शुरुवात गर्न शुभ नहोला । पिडा दिनेहरु सक्रिय रहन सक्छन् एकदमै सवधान रहनुहोला । कतिपय कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। इष्टमित्रको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । भोगविलासमा रुचि रहनेछ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान पनि प्राप्त होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । । आफन्तको सहयोग र समर्थन मिल्नेछ । विलासको अवसर मिल्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । मिहिनेतले अवसर दिलाउनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । सन्तानसुख बढ्नेछ । शत्रुमाथि विजय हासिल होला । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल र विलासमा आकर्षण बढ्ला ।

तुला – कार्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आर्थिक पक्ष बलियो बन्नेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता रहे पनि प्रलोभनबाट बच्नुपर्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सामान्य रोगले सताउन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । नयाँ दायित्व प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । आशा उत्साह वृद्धि हुनेछ । मिठो भोजन खान पाउनु हुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नुहोला ।

धनु – लगानी र खर्च बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाइ काम गर्नु हीतकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । कानूनको सम्मान विशेषतवरले गर्नुपर्ला ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । व्यवसायमा लाभ होला । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । स्वास्थ्यमा सुधार हुनेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । आर्थिक पक्ष बलियो रहे पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आफन्तको सहयोग मिल्नेछ । मान महत्वमा बढोत्तरी हुनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।