आजको पञ्चाङ्ग एवम् राशिफल (५ चैत २०७८ शनिबार, १९ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ चैत २०७८ शनिबार, १९ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र ५ गते शनिबार तद्अनुसार सन् २०२२ मार्च १९ तारिख चैत्र कृष्णपक्ष प्रतिपदा तिथि हस्ता नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त साँझ १८ः१४ मा हुनेछ । वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने, गणगौरपूजा प्रारम्भ, नाला मत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – आरोग्यता बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । किाम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – प्रेमभाव र रचनात्मकता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । विगतका कमी(कमजोरीलाई सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । उत्साह बढ्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । ऋण रोग र शत्रुप्रति ध्यान दिनु पर्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।

मिथुन – मनोकूलको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्त मिलन होला । सन्तानसुख मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् ।

कर्कट – समय शुभ फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ ।

सिंह – रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । समयलाई बेवास्ता नगर्नुहोला । सोचीविचारी काम गर्नु पर्ला । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । सुख आनन्दमा रुचि बढ्नेछ । धनको आगमन भैरहनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । धन लाभ हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । उत्साह बढ्ला ।

धनु – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको धन उठ्ला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । हांसविलासमा रुचि बढ्ला ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । सभा-समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । रसरागमा आकर्षण बढ्ला । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। दायित्वलाई पूरा गर्नु हुनेछ ।