सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम

सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम


सुनको भाउ आइतबार ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ। शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।