- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र ७ गते सोमबार तद्अनुसार सन् २०२२ मार्च २१ तारिख चैत्र कृष्णपक्ष तृतीया १०ः०३ पर चतुर्थी तिथि स्वाती नक्षत्र व्याघात् योग बब करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः९ मा भयो र सूर्यास्त साँझ १८ः१५ मा हुनेछ । नाला यात्रा ।
आजको राशिफल
मेष – आरोग्य वृद्धि हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ । रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ । उन्नतिको नयाँ–नयाँ संकेत देखापर्ला । पारिवारिक सुख बढ्नेछ ।
वृष – रसरागमा आकर्षण बढ्नेछ । धनको आगमन भैरहनेछ । व्यस्तता बढ्नेछ । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस होला । केही कारणले धनको पनि नाश हुन सक्छ । वादविवादको सामना गर्नु पर्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यश वर्चश्व वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – धनसम्पत्तिको आगमन भैरहने छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ । मान सम्मान पाए पनि मनमा डर रहनेछ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।
कर्कट – बन्दव्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला । प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ ।
सिंह – ग्रहगोचर उन्नतिकारक रहला । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ । फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ । सुख आरोग्यता र सौभाग्य बढ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।
कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ तर दौडधुप बढ्ला । खानपानमा सजग रहनुहोला, अनावश्यक ठाउमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । जोखिममा नपर्नु हितकर हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला ।
तुला – रसराग बढ्नेछ । यात्रा होला । कार्यमा सफलता भैरहनेछ । निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । साझेदारीको काम बन्नेछ तर अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ । जोखिममा नपर्नु उचित होला ।
धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन् । आम्दानी अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
मकर – स्वास्थ्य बिग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । बन्न लागेको काम बिग्रन सक्छ सावधान रहनु होला । टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुखशान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ ।
प्रतिक्रिया