आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०७८ मंगलबार, २२ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०७८ मंगलबार, २२ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र ८ गते तद्अनुसार सन् २०२२ मार्च २२ तारीख मंगलबार चैत्र कृष्णपक्ष चतुर्थी तिथि ८ः१४ पर पञ्चमी तिथि विशाखा नक्षत्र हर्षण योग कौलव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा १६ः२४ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः८ मा भयो र सूर्यास्त साँझ १८ः१५ बजे हुनेछ । मंगलचौथी व्रत, जलदिवस ।

आजको राशिफल

मेष – आर्थिक काममा सफलता प्राप्त हुनेछ । धन वृद्धि हुनेछ । प्रेमभाव वृद्धि होला । सुख शान्ति समृद्धि बढ्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ, आश मारेको धन उठ्न सक्छ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – कर्मबल बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानसुख मिल्नेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । साथीभाइले काममा सहयोग जुटाउने छन् । व्यस्ततासँगै शुभता वृद्धि हुनेछ । परिवारिक सुख र आशा-उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन विशेष सावधानी अपनाउनु हितकर रहला । हातहतियारबाट जोगिनुपर्ला। अनावश्यक वादविवादमा पर्नुबाट बच्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दिन सामान्य छ । भागदौड बढ्नेछ । हांसविलासमा आकर्षण बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान दिनुपर्नेछ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो नहुनाले लापरबाही नगर्नुहोला । समस्याको समाधान खोज्नुहुनेछ तर कठोर परिश्रमले । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।

सिंह – मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ला । भाग्यवर्द्धककाममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्राको सम्भावना छ । इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – वार्तामा ध्यान राख्नुपर्नेछ । धन मान महत्वमा कमी आउनेछैन । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । भागदौड बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । जोखिमयुक्त कामलाई पछिका लागि सार्दा उचित रहला ।

तुला – काममा विशेष ध्यान केन्द्रित गर्नु बेस होला । स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनुहोला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन, सवधान रहनु होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होला । कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभका साथै कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवशायमा उन्नति हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आर्थिक काम बन्छ तर काम गर्दा भने विशेष जोगिनुहोला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ ।

कुम्भ – बौद्धिक कार्य बन्नेछ । तर निको भइसकेको रोगले पुनः सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् मित्रजन र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ । प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । आज आलस्यले सताउला । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । अरुलाई गर्नुभएको बाचा पूरा हुने दिन रहेको छ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।