आजको पञ्चाङ्ग एवम् राशिफल (९ चैत २०७८ बुधबार, २३ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ चैत २०७८ बुधबार, २३ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र ९ गते बुधबार तद्अनुसार सन् २०२२ मार्च २३ तारिख चैत्र कृष्णपक्ष पञ्चमी तिथि ६ः८ पर षष्ठी तिथि अनुराधा नक्षत्र बज्र योग गर करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १८ः१६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन नसोचेको ठाउँबाट धन आउन सक्छ, तर खर्च भने बढ्नेछ । कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । सोचिबिचारी काम गर्नु हितकर होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । विलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । खेलकूद र भ्रमणमा रुचि बढ्नेछ । धनको अरुको भर पर्नु उचित नहोला ।

वृष – मनोकूलको काम बन्नेछ । धनलाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । आनन्द र आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुबिधाको वस्तु हासिल होला । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त भए पनि काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । कसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट – इष्टमित्रको सहयोग प्राप्त हुने र प्रेममा सफलता मिल्ने दिन छ । तर सोचेको काम नबन्न सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ला तर ब्यापारमा भने लाभ मिल्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत र सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

सिंह – घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । कठोर मिहीनेतले सफलतका साथै मान सम्मान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । आफन्तको सहयोग र समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर प्राप्त होला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या – आयस्रोत र आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण रहनेछ । यात्रामा सफलता प्राप्त होला । कलात्मक तथा रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला – नसोचेको ठाउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । तथापि, आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ ।

वृश्चिक – मनोकूलको काम बन्नेछ । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । रोकिएको धन उठ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । आशा उत्साह पनि वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । ब्यापार ब्यावसायबाट पनि फाइदा हुने देखिन्छ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नुहोला ।

मकर – आयस्रोत वृद्धि हुनेछ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – दिन मिश्रित खालको रहला । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरीरमा सामान्य रोगले पनि सताउन सक्छ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।