आजको पञ्चाङ्ग एवम् राशिफल (११ चैत २०७८ शुक्रबार, २५ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ चैत २०७८ शुक्रबार, २५ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र ११ गते शुक्रबार तद्अनुसार सन् २०२२ मार्च २५ तारिख चैत्र कृष्णपक्ष अष्टमी तिथि मूल नक्षत्र वरियाण योग बालव करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, शीतलाष्टमी ।

आजको राशिफल

मेष – खेलकूद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । तर मन नपरी नपरी बाध्यताका काममा लाग्नुपर्ला । अस्वस्थता महसूस हुन सक्छ । धन खर्च हुने योग छ । धेरै बोल्ने बानीले दुःख पाइएला । सन्तानबाट असन्तोष मिल्न सक्छ । तथापि, समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान् । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आमोदप्रमोदमा रुचि बढ्ला ।

मिथुन – मनोकूलको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रागमा आकर्षण बढ्नेछ । आफन्त मिलन होला । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – समय मिश्रित फलदायक छ । व्यावसायिक काममा समस्या आउन सक्छन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा भने सफलता प्राप्त हुनेछ । सुख शान्ति समृद्धि बढ्नेछन् ।

सिंह – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । व्यस्तता बढ्नेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । सोचीविचारी काम गर्नु पर्ला । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । विशेष प्रयास गर्दा आजको दिन काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ वस्त्र र मीठो खानाको आनन्द मिल्नेछ । मित्रजन एवम् प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । अधुरो काम सम्पन्न हुने खालको दिन छ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको धन उठ्ला । तर सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नुहोला । विवादमा पर्नुबाट बच्नुहोला । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । आयबर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै विलासमा आकर्षण बढ्नेछ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मान(सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।