गठबन्धनसँग असहमत पक्षलाई देउवाको प्रश्न, ‘भोलि एमाले-माओवादी मिलिदियो भने के गर्ने ?

गठबन्धनसँग असहमत पक्षलाई देउवाको प्रश्न, ‘भोलि एमाले-माओवादी मिलिदियो भने के गर्ने ?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने भनी प्रश्न गरेका छन् ।

निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान उनले राख्दै आएका छन् र, पार्टीभित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको तर्क गरे ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि जे पनि गर्नुपर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’

विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।