आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०७८ सोमबार, २८ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०७८ सोमबार, २८ मार्च २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र १४ गते सोमबार तद्अनुसार सन् २०२२ मार्च २८ तारिख चैत्र कृष्णपक्ष एकादशी तिथि श्रवण नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ । पापमोचनी एकादशी व्रत ।

आजको राशिफल

मेष – आजको दिन शुभदायक छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । स्वास्थ्य राम्रो रहला । वर्चश्व वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त हुनेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

वृष – रसरागमा मन जाने समय छ । धनको आगमन भइरहने छ । व्यस्तता बढ्नेछ । सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिए पनि नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । तथापि ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । खर्चमा नियन्त्रण हुने छैन । चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्नेछ ।

कर्कट – धनकाा साथै भागदौड पनि बढ्नेछ । दिन रमाइलैसंग वित्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख समृद्धि बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गर्नु हितकर होला । नयाँ काममा सफलता मिल्नेछ ।

सिंह – ग्रहगोचर उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । आरोग्यता बढ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – रसराग बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

मीन – वार्तामा सफलता पाउनुहुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । रसरागमा रुचि रहला । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ ।