- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र १५ गते मंगलबार तद्अनुसार सन् २०२२ मार्च २९ तारिख चैत्र कृष्ण पक्षको द्वादशी तिथि धनिष्ठा नक्षत्र साध्य योग गरकरण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । प्रदोष व्रत । द्विपुष्कर योग ११ः४६ बजेसम्म ।
आजको राशिफल
मेष – आजको दिन आयमूलक काममा सफलता प्राप्त हुनेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यव्यापारमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । मान, सुख–समृद्धि बढ्नेछन् । आरोग्य वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – व्यक्तिगत महत्व बढ्नेछ । आशा उत्साह थपिए पनि यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ आश मारेको फल पुनः प्राप्त हुन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । मिठो भोजन मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मिथुन – दिन राम्रै छ । प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । नयाँ सम्भावना देखापर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – भाग्य वृद्धि हुनेछ । रोग र शत्रुमाथि ध्यान दिनुपर्ला । शरीर फूर्तिलो भएको महसूस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । खर्च बढ्नेछ । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । प्रियजनसँग को भेटले मन प्रफुल्ल रहला । रोग र शत्रुमाथि विजय प्राप्तहुनेछ । मान वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।समस्या समाधान हुनेछ । सफलताको दर बढ्नेछ ।
कन्या – व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।
तुला – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रेमबल बढ्नेछ । सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । लगानी वृद्धि हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ ।
धनु – धनको आगमन भैरहनेछ । भागदौड बृद्धि हुनेछ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । विवादमा नपर्नु बेस होला । मिहिनेतयुक्त काममा रूचि बढ्ला । अरुको भर नपर्नु नै हितकर हुनेछ ।
मकर – आशा उत्साह बढ्ला । आर्थिक पक्ष सवल भए पनि दिन त्यत्ति शुभकारी नरहला । यात्राको सम्भावना छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।
मीन – समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न रहला । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।
प्रतिक्रिया