रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी-सेभेन

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी-सेभेन


विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी-सेभन) समूहका सदस्य राष्ट्रले रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने दोहोर्‍याएका छन् । उक्त समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।

जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको तर्क गरेका छन् । ‘जी-सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,’ हाबेकको भनाइ छ । हाल जर्मनीले जी-सेभनको अध्यक्षता गरिरहेको छ ।

रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीहरूलाई पुटिनको मागको पालना नगर्न आह्वान गर्दछौँ भनी उनले सोमबार भनेका छन् ।

सबै युरोपेली सङ्घमा समावेश देशहरूलाई प्राकृतिक ग्यास वितरणका लागि रूसले रूबलमा मात्र भुक्तानी स्वीकार गर्ने घोषणा पुटिनले गत हप्ता गगरेका थिए । युक्रेनमा आफ्नो आक्रमणमाथि पश्चिमले लगाएको कमजोर प्रतिबन्धको बाबजुद मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन सङ्घर्ष गरिरहेको बेला यो कदम चालिएको हो ।

-मेरो विचारमा हामीले यस मागलाई पर्खालविरुद्ध पुटिनको पिठ्यूँ भएको रूपमा व्याख्या गर्नुपर्छ,- हबेकले आफ्ना जी-सेभेन समकक्षहरूसँगको छलफलपछि संवाददाताहरूसँग भनेका एएफपीले जनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोँले शुक्रबार पुटिनको ‘ग्यास-फर-रूबल’ मागलाई अस्वीकार गरिसकेका छन् ।

‘रूसी कदम ‘सम्झौताअनुरूप छैन र हामीले यसलाई किन लागू गर्ने भनेर म बुझ्न सकेको छैन,’म्याक्रोँको भनाइ छ ।

अन्य युरोपेली देशहरू जस्तै जर्मनी पनि युक्रेन युद्धको कारण रूसी ऊर्जा आयातमा आफ्नो भारी निर्भरता कम गर्ने पहल गरिरहेको भए पनि अहिलेसम्म रुसी तेल र ग्यासको बहिष्कार गर्ने आह्वानको विरोध गर्दै यसो गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र (जर्मनी)मा अस्तव्यस्त हुन सक्ने उसले बताएको छ ।

यसैबीच, रूसले युक्रेनसँगको युद्धमा आफूलाई एक्लाउने मुलुकका नागरिकलाई आफ्नो भूगोलमा प्रवेशमा समेत कडाइ गर्ने तयारी गरिरहेको रूसी विदेशमन्त्री सेर्गेई लाभारोभले बताएका छन् । ।