क्रिकेट : घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

क्रिकेट : घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल


file photo

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो ।

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।

पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुवै टोलीको दुई अंक छ ।

नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।