गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि गृह जिल्ला चितवन जाँदै प्रचण्ड

गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि गृह जिल्ला चितवन जाँदै प्रचण्ड


file photo

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज गृह जिल्ला चितवन जाँदैछन् ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका-२२, धनौजीमा कभडंहल उद्घाटन गर्नेछन् ।

निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको चितवन दौडधुप बढेको छ ।

चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन गरी प्रचण्डलाई सघाउनुपर्ने पक्षमा रहेका छन् ।