आउने भयो नेपाल्स सिङ्गिग सुपरस्टार

आउने भयो नेपाल्स सिङ्गिग सुपरस्टार


भ्वाइस स्टार नेपाल प्रा. लि.ले निर्माण गर्न लागेको र इमेज एचडीमा प्रसारण गर्न लागिएको रियालिटी शो नेपाल्स सिङ्गिग सुुपरस्टारको अडिशन खुला गरिएको कार्यक्रमका निर्माता सुरजलाल जोशीले जानकारी दिएका छन् ।

अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक-गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिग सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिग सुुपरस्टारको आधिकारिक फेसबुुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट सम्मको भिडियो पठाउनु पर्ने जानकारी दिइएको छ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी समेत निर्माता जोशीले दिएका छन् ।

जोशीका अनुसार आउँदो २०७९ बैशाख १८ गतेदेखि हप्ताको दुुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रूपमा प्रसारण हुनेछ । यस शोमा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेकसिंह ठकुरी र ख्यातिप्राप्त गायिका केन्जल मेहर श्रेष्ठ रहने छन् भने निर्णायकको रूपमा ख्याति प्राप्त गायकहरू संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र ख्याति प्राप्त गायिका मिलन नेवार रहेका छन् ।

नेपाल्स सिङ्गिग सुुपरस्टारको निर्देशन लामो समयदेखि संचार क्षेत्रमा कार्य गरेर विज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्न लागेको समेत निर्माता जोशीले जानकारी दिएका छन् ।