मलेसियाका राजा-रानी कोरोना सङ्क्रमित

मलेसियाका राजा-रानी कोरोना सङ्क्रमित


मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन् ।

उनीहरूमा हल्का लक्षणहरू देखिएको छ। शाही दम्पती अहिले आइसोलसनमा छन् ।

मलेसियामा शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड-१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।