- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र २१ गते सोमबार तद्अनुसार सन् २०२२ अप्रिल ४ तारिख चैत्र शुक्लपक्ष तृतीया तिथि भरणी नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:५४ मा भयो र सूर्यास्त सांझ १८:२२ मा हुनेछ । गौरीव्रत ।
आजको राशिफल
मेष – स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । समय त्यति अनुकुल नभएकोले नया कामको थालनी आज नगर्नुहोला । यसका बाबजुद यात्रामा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण र शत्रुसित लड्ने क्षमता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ ।
वृष – आरोग्य वृद्धि हुनेछ । काम गर्ने हौसला मिल्नेछ । धन लाभ हुन सक्छ । रसरागमा आकर्षण रहनुका साथै प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । मान–महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – समय मिश्रित फलदायक छ । धनसम्पत्तिको आवागमन भैरहने छ । व्यस्तता पनि बढ्नेछ । परिवारमा पनि खुशिको माहोल छाउने छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ ।
कर्कट – व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्, तथापि नसोचोको स्थानबाट धन आर्जन हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख समृद्धि बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । टाढाको यात्राको योग छ ।
सिंह – समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । स्वास्थ्यमाथि विचार गरी खानपिनमा सजक रहनुहोला । सोचे अनुसार काम बन्न कठिन छ । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।
कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । भागदौड बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ ।
तुला – प्रतिस्पर्धीहरू पछि पर्ने छन् भने नसोचेको ठाउबाट लाभ होला । भाग्योदयको समय रहेको छ । सुख आनन्द बढ्ला । कार्यमा सफलता भइरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – रमाइलो तरिकाले कामहरु सम्पन्न होलान् । व्यापारमा सामान्य रहे पनि पशुधन र जमिनबाट लाभ होला । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन ।
धनु – लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नुहोला । पराक्रम वृद्धि होला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान मिल्नेछ ।
मकर – आरोग्यता बढ्ला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि समस्या देखापर्ने देखिन्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपने छ । शत्रुलाई जित्ने क्षमता भने बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा जोगिएर काम गर्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । धन बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ ।
प्रतिक्रिया