अमेरिकामा गोली लागेर ६ को मृत्यु, १२ घाइते

अमेरिकामा गोली लागेर ६ को मृत्यु, १२ घाइते


अमेरिकामा भएको गोली प्रहारसम्बन्धी घटनामा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको राजधानी शहरमा भएको सो घटनामा स्थानीय समयअनुसार आइतबार बिहान भएको सिन्ह्वाले जनाएको छ ।

सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको सम्बद्ध अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

मृत्यु भएकामध्ये तीन जना महिला र तीन पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाइ छ ।