प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा सोमबार सदस्य मनोनित गरेका हुन् ।
समितिको सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाण, वंशलाल तामाङ, उमा थापा मगर, विजयशङ्कर यादव मनोनित भएका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यस्तै, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. बुद्धिमान श्रेष्ठ, मनिष झा, शिलशिला आचार्य, जिमी लामा मनोनित भएका छन् ।
प्रतिक्रिया