- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २३ गते बुधबार तद्अनुसार सन् २०२२ अप्रिल ६ तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि रोहिणी नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ ।
आजको राशिफल
मेष – परिवारिक सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । तर सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विश्वासपात्रले धोका दिनेछन् । व्यापारमा सफलता हासिल हुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला ।
वृष – समय त्यत्ति अनुकुल छैन । विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । रोकिएको काम बन्नेछ । भागदौड व्यस्तता बढ्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
मिथुन – रोकिएको काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सुख प्राप्त हुनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ ।
कर्कट – ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।
सिंह – परिवारिक सुख बढ्नेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा चने बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । राजकाजमा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । विलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।
कन्या – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । तर काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । रसरागमा रुचि बढ्ला । भागदौड तथा व्यस्तता बढ्नेछ ।
तुला – आशा उत्साह बढ्नेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर(जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेशयात्रासम्मको योग छ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यापार/व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला ।
धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी मिल्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । तर विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छने, सावधान रहनुहोला ।
मकर – यात्रमा सफलता मिल्नेछ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग रहेकोले सावधानीको आवश्यकता छ । भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ ।
कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ ।
मीन – स्वास्थ्यप्रति सजग रहनु पर्नेछ । अनेक चुनौती सामना गर्नुपर्ला । तर आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न रहला । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ प्राप्त होला ।
प्रतिक्रिया