कसरी बढारिएला एमाले ?

कसरी बढारिएला एमाले ?


माधवकुमार नेपाल, प्रचण्ड, बाबुराम र शेरबहादुर देउवाले नेकपा एमालेलाई बढारेर केपी शर्मा ओलीलाई ‘औकात देखाइदने’ योजना बनाएको भए पनि उनीहरूको सपना सजिलै पूरा हुन कठिन देखिन्छ ।

गत स्थानीय निर्वाचनमा एमालेले २९४ पालिकामा प्रमुख र उपप्रमुख तथा उपप्रमुख मात्र विजयी भएको सङ्ख्या योग गर्दा ३२९ स्थानमा जित हाशील गरेको थियो । ७५३ पालिकामध्ये काङ्ग्रेस २७४ मा विजयी बनेको थियो भने माओवादीले समेत १०७ पालिकामा विजय हाशील गरेको थियो ।

कुल स्थानको ४२ प्रतिशत जित हाशील गर्ने एमालेलाई बढार्न त्यति सजिलो देखिन्न । विजयीमध्ये कुल ९ प्रतिशत प्रतिनिधि एमालेतिर सरेको बताइन्छ । यतिबेला माओवादीको प्रभाव क्षीण भएको छ भने माधव नेपालको हैसियत पनि दुर्बल देखिन्छ ।

यी दुवै दलहरूले काङ्ग्रेसलाई सघाएमा काङ्ग्रेसले सबैभन्दा अधिक स्थानमा विजय हात पार्न सम्भव भए पनि एमालेलाई प्रतिकुल अवस्थामा समेत २०० भन्दा बढी स्थान हाशील हुने अवस्था देखिँदैछ ।