गायक पोखरेल रेडियो नेपालको बोर्ड सदस्य नियुक्त

गायक पोखरेल रेडियो नेपालको बोर्ड सदस्य नियुक्त


गायक सीताराम पोखरेललाई नेपाल सरकारले रेडियो प्रचार सेवा विकास समितिको सदस्य नियुक्त गरेको छ । पोखरेललाई मन्त्रीस्तरिय निर्णयबाट दुई वर्षका लागि नेपाल सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

‘रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने छु’- नियुक्तिपछि पोखरेलले बताए ।

२०४४ सालमा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा शुरू गरेका गायक पोखरेलको दुई सयभन्दा बढी गीत तथा दर्जनौँ एल्बम प्रकाशित छन् । पोखरेललाई नेपाली मनोरन्जन क्षेत्रमा मोडल तथा कलाकारको रूपमा पनि चिनिने गरिन्छ ।