सत्तामा नातावाद हाबी, प्रचण्डका भाइ नारायणप्रसाद राष्ट्रियसभा सदस्यमा मनोनित

सत्तामा नातावाद हाबी, प्रचण्डका भाइ नारायणप्रसाद राष्ट्रियसभा सदस्यमा मनोनित


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रियसभामा मनोनयन गरेकी हुन् ।

दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि बाग्मती प्रदेश अध्यक्षसमेत थिए ।

ज्ञातव्य छ, बिहीबारको मन्त्रिपरिषद बैठकले प्रचण्डका सहयोगी भूमिकामा देखिँदै आएका माधव नेपालका बहिनीज्वाइँ र उनका सम्धीका साढु भाइ, अनि प्रचण्डका विश्वासपात्र भूमिकामा देखिएकी मन्त्री पम्फा भुसालका बहिनीज्वाइँलगायतलाई राजदूतमा सिफारिस गरेको थियो ।