आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०७८ शनिबार, ९ अप्रिल २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०७८ शनिबार, ९ अप्रिल २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र २६ गते तद्अनुसार सन् २०२२ अप्रिल ९ तारीख शनिबार चैत्र शुक्लपक्ष अष्टमी तिथि पुनर्वसु नक्षत्र अतिगण्ड योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, चैत्राष्टमी, चैतेदशैँ, भवानीको उत्पत्ति, श्री श्वेतमत्स्येन्द्रनाथ रथयात्रा, अशोकको पाउला खाने ।

आजको राशिफल

मेष – आर्थिक काममा सफलता प्राप्त हुनेछ । प्रेमभाव वृद्धि होला । नसोचेको काम बन्ने छ, प्रियजनसँग भेटघाट होला । आफन्तको साथ प्राप्त हुनेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त हुनेछ ।

वृष – अनावश्यक झमेला आइपर्न सक्छ । यात्राको क्रममा सावधान रहनुहोला । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । शुभता वृद्धि हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । तथापि परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आरोग्य बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् भने समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मान पुरस्कार प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । रोकिएको धन प्राप्त हुनेछ ।

कर्कट – भागदौड बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । तर ऋण रोग र शत्रुमाथि ध्यान दिनुपर्नेछ । लापर्वाही नगर्नु हितकर हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ, तर कठोर परिश्रमले । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।

सिंह – आज कुनै पनि नयाँ काम नथाल्नुहोला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । तर हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – वार्तामा ध्यान राख्नुपर्नेछ । धनको नाश हुन सक्छ, प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । भागदौड बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनप्रति ध्यान राख्नुपर्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – परिजनका इच्छा पूरा गर्नुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु हासिल गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – सामर्थ्य बढेको अनुभूति भए पनि सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसंगै सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – काम बन्नाले मन रमाउने छ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।