एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसेको राष्ट्रसंघको दाबी

एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसेको राष्ट्रसंघको दाबी


युक्रेनमाथि रुसले आक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका राष्ट्रसंघले जनाएको छ । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।

फसेकामध्ये सय भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् ।

उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् ।