‘सही सुझाव दिँदा गभर्नरलाई निलम्बन गर्नु दुःखद’

‘सही सुझाव दिँदा गभर्नरलाई निलम्बन गर्नु दुःखद’


photo: rss

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका केपी ओलीको जिकिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।

शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने जिकिर गरे ।

एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको तर्क गर्दै ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आरोप लगाए ।

‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो’ उनले भने । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुःखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।