माओवादीबाट पालिकाप्रमुखमा ७७ र वडाध्यक्षमा ७५३ महिला !

माओवादीबाट पालिकाप्रमुखमा ७७ र वडाध्यक्षमा ७५३ महिला !


नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।

एउटा पालिकाको कम्तीमा एक वडाअध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ ।

सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।

७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।