सन् १९८० का अफगानी जेल प्रमुखलाई डच अदालतद्वारा युद्ध अपराधमा १२ वर्ष जेल सजाय

सन् १९८० का अफगानी जेल प्रमुखलाई डच अदालतद्वारा युद्ध अपराधमा १२ वर्ष जेल सजाय


डच अदालतले एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।

अब्दुल रज्जाक राफिफले कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा उनलाई १२ वर्ष जेल सजाय तोकिएको न्यायाधीश एल्स कोलले बिहीबार द हेग क्षेत्रीय अदालतमा फैसला सुनाएका छन् ।

न्यायाधीश कोलले भनेका छन्, ‘७६ वर्षीय राफीफले १९८३-८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल-ए-चार्खी जेलमा कैदीहरूको दुर्व्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।’

उक्त जेलमा हजारौँ कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए ।

सिरिया र अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो ।

सन् २०१२ मा ब्लगहरूले पुल-ए-चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो पछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए ।