काठमाडौंको मेयरका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस

काठमाडौंको मेयरका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस


आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँच जनाको नाम सिफारिस भएको छ । बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।